प्यान कारोवारको दायरा वृद्धि गरी २ करोड बनाउन राष्ट्रिय व्यवसायी महासंघको माग
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले स्थायी लेखा नम्बर (प्यान) कारोवारको दायरालाई ५० लाख बाट बढाएर २ करोड बनाउन सरकारसँग माग गरेको छ ।
आईतवार महासंघले सातौं साधारण सभा तथा तेश्रो राष्ट्रिय अधिवेशनको बारेमा जानकारी दिन काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यस्तो माग गरेको हो । महासंघले पौष २० गते शनिवार काठमाडौंमा तेश्रो राष्ट्रिय अधिवेशन गर्ने लागेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष कुमार कार्कीले २०७४ सालमा स्थापना भएको महासंघले तेस्रो राष्ट्रिय अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने बताए ।
उनले साना तथा मझौला व्यवसायीहरुको समस्या समाधानको लागि राज्य स्तरसम्म पु¥याउने काम महासंघले गर्दै आएको बताए ।
उनले महासंघको तेश्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको बताए । उनले अधिवेशनमार्फत सरकारसँग महासंघले नेपाल भारत खुला सीमामा हुने चोरी पैठारी तत्काल रोक्न माग गर्ने बताए । अध्यक्ष कार्कीले व्यवसाय दर्ता एकद्वार प्रणालीमा गर्न सरकारसँग माग गरे ।
महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले स्थायी लेखा नम्बर (प्यान) कारोवारको दायरालाई ५० लाख बाट बढाएर २ करोड बनाउन सरकारसँग माग गरे ।
उनले प्यानमा ५० लाखसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था रहेको भन्दै त्यसलाई पुनःविचार गरी सरकारले २ करोड बनाउनु गर्नेमा जोड दिए ।
उनले शहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्ने व्यवसायीहरुको लागि राज्यले वैज्ञानिक घरभाडा लागू गर्नुपर्ने बताए । उनले महासंघले बारम्बार भन्दै आए पनि सरकारले सुनुवाई गर्न नसकेको गुनासो गरे ।
उनले खाता विवरणहरुको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाण पत्र प्रदान गरे पश्चात पुनरावलोकन नगर्ने व्यवस्था लागू गर्नुपर्ने बताए ।
उनले सरकारसँग साना उद्योगी व्यवसायीहरुको पनि सहज पहुंच बनाउन माग गरे । चीनको केरुङ र खासा नाका जानका लागि व्यवसायीहरुलाई प्रवेश पासका व्यवस्था गरिनुपर्ने पनि उल्लेख गरे ।
महासंघले साम्रान आयत गद्रांको हालको भन्सार दरवन्दी घटाउनु पर्ने जनाएको छ । त्यस्तै आयकरमा, प्रोपराइट सीपलाई प्रान कम्पनी सरह २५ प्रतिशत नै कायम गरिनुपर्ने,घर बहाल कर ५ प्रतिशत कायम गरिनुपर्ने लगायतका माग समेत महासंघले राखेको छ ।