जनमत पार्टीले पुस १७ मा धोती दिवस मनाउने
मकालु खबर
२०८१ पुस १४ गते
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले धोती दिवस मनाउने भएको छ । पार्टीको आइतबार बसेको सचिवालय बैठकले पुस १७ गते धोती दिवस मनाउने निर्णय गरेको हो ।
‘१७ गते बुधवारको दिन जनमत पार्टीले सबै जिल्लामा जिल्ला स्तरीय राष्ट्रिय पोसाक (धोती) दिवस आ-आफ्नो मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर कार्यक्रम गर्न हुन जानकारी गराउँदछौँ,पार्टी केन्द्रीय प्रवक्ता डा.शरदसिंह यादवद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
मकालु खबर
२०८१ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित