त्रिवि र स्ववियु सचिवबीच सहमति भएसंगै धर्ना स्थगित
मकालु खबर
२०८१ पुस १४ गते
काठमाडौं । विश्वविद्यालय सुधारको ३५ बुँदे माग राखी धर्नामा बसेका केन्द्रीय क्याम्पस स्ववियु सचिव सिद्धान्त भट्ट लगायतका आन्दोलनरत विद्यार्थीहरु र पदाधिकारीबीच सहमति भएको छ ।
त्रिविका उपकूलपति प्रा.डा. केशरजंग बराल, शिक्षाध्यक्ष प्रा.डा. खड्क केसी, रजिष्ट्रार प्रा.डा. केदार प्रसाद रिजाल, अनेरास्ववियुका अध्यक्ष समिक बडाल र त्रिविका सभासद विराज अर्यालको उपस्थितीमा सहमति भएको हो ।
वार्तामा त्रिविका तर्फबाट वार्ता टोलीका संयोजक प्रिन्सिपल प्रा.डा. ध्यानेन्द्र बहादुर राई, विनोद जोशीलगायत थिए । यससँगै १९ दिनदेखिको धर्ना स्थगित भएको छ ।
मंसिर २६ गतेदेखि निरन्तर विश्वविद्यालय सुधारको माग गर्दै नउी धर्नामा बसेका थिए ।
मकालु खबर
२०८१ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित