परराष्ट्रमन्त्री राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन् ।

मन्त्री डा.राणाले आइतबार साँझ काठमाडौंस्थित भारतीय राजदूतावासमा पुगी स्व.सिंहको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

उनले सो शोक पुस्तिकामा भारतका पूर्वप्रधानमन्त्री डा.सिंह एक प्रजातन्त्रवादी दूरदर्शी नेता तथा नेपालका सच्चा मित्र भएको बताइन् ।

उक्त पुस्तिकामा मन्त्री डा.राणाले स्व.सिंहले नेपालमा लोकतन्त्र र विकासका लागि सधैँ सहयोग गरेको स्मरण गर्दै सो सहयोग र समर्थनका कारण उनी सधैँ नेपाली जनताको स्मृतिमा रहने पनि उल्लेख गरिन् । मन्त्री डा.राणाले उनको निधनले नेपालले आफ्ना एक सच्चा मित्र तथा शुभचिन्तक गुमाएको बताइन् ।

भारतीय पूर्वप्रधानमन्त्री डा.सिंहको उपचारका क्रममा गत बिहीबार ९२ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *