भारतमाथि अस्ट्रेलियाको शानदार जित
काठमाडौं । बोर्डर गवास्कर ट्रफी टेस्ट सिरिजको चौथो टेस्टमा भारतमाथि अस्ट्रेलियाले शानदार जित दर्ता गरेको छ ।
चौथो टेस्टमा अस्ट्रेलियाले भारतलाई १ सय ५५ रनमा अल आउट गर्दै १ सय ८४ रनको फराकिलो जित निकालेको हो ।
३ सय ४१ रनको लक्ष्य पछ्याएको भारतले ७९.१ ओभरमा अल आउट हुँदै १ सय ५५ रन मात्रै बनाउन सक्यो ।
भारतका लागि यशस्वी जैसवालले ८४ रन बनाउनुबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।
ऋषभ पन्तले ३० रन बनाए भने अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन् । कप्तान रोहित शर्माले ९ रनको योगदान दिए । केएल राहुल शून्य रनमा आउट हुँदा विराट कोहलीले ५ रन जोडे ।
रविन्द्र जडेजाले २, नितिश कुमार रड्डेले १, वासिङ्टन सुन्दरले ५, आकाश दिपले ७ रन बनाएर । जसप्रित बुमराह र मोहम्मद सिराज शुन्य रनमा आउट भए ।
अष्ट्रेलियाका कप्तान प्याट कमिन्स र स्कट बोल्यान्डले समान ३–३ विकेट लिए । नेथन ल्योनले २ विकेट झारे । ट्रेविस हेड र मिचेल स्टार्कले समान १–१ विकेट लिए ।
बोर्डर गवास्कर ट्रफी टेस्ट सिरिजमा अस्ट्रेलियाले २–१ को अग्रता बनाएको छ । अब अन्तिम टेस्ट जनवरी ३ देखि सिड्नीमा हुनेछ ।