सीपयुक्त शिक्षा अहिलेको आवश्यकता : महासचिव पोखरेल

देउखुरी । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सीपयुक्त शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन् । सोहीअनुसारको शिक्षण गर्न उनले शिक्षकहरुलाई आग्रह गरे ।

घोराही उपमहानगरपालिका–१८ स्थित श्री माध्यमिक विद्यालय रझेनाको ६७ औँ वार्षिकोत्सका अवसर उनले परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनाएको बताए । हरेक विद्यालयले प्राविधिक धारको शिक्षा सञ्चालन गरेर विद्यार्थीलाई सीपयुक्त बनाउन जरुरी रहेको उनको भनाइ थियो ।

“एउटा समय थियो, जति बेला हामीले राज्य सञ्चालनका लागि सरकारी सेवामा सहभागी हुने मानिस नहुँदा भारतबाट जनशक्ति मगाएर सरकारी सेवा दिनुपर्ने अवस्था थियो”, उनले भने । अब विश्व बजारमा बिक्न सक्ने शिक्षा प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *