सुडानद्वारा भोकमरीसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदन अस्वीकार
काठमाडौं । सुडानले देशमा अनिकाल फैलिएको सङ्केत गर्ने अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनलाई अस्वीकार गरेको छ । सुडानी सरकारले हालसालै जारी गरेको इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन (आईपीसी), विश्वव्यापी भोकमरी मनिटर, गलत मापदण्ड र अनुमानित नतिजाहरूमा आधारित रहेको प्रतिवेदन अस्वीकार गरेको हो ।
सुडानको अवस्था यस युद्ध अन्तर्गत फरक रहेको र प्रीतवेदनको निस्कर्ष वास्तविकतामा आधारित नरहेको बताएको छ । सुडानले स्थलगत रिपोर्ट बिनै तयार पारिएकाले प्रतिवेदन अस्वीकार गर्नुपरेको सुडानका कृषिमन्त्री अबु बकर अल बुशराले बताए ।
प्रतिवेदन पुरानो सूचना, दूर सञ्चार र माध्यमिक स्रोतहरूमा निर्भर रहेको बताइएको छ । यस हप्ताको शुरुमा जारी गरिएको प्रतिवेदनमा आईपीसीले सुडानको कम्तीमा पाँच क्षेत्रमा अनिकाल रहेको बताएको छ ।
जसमा उत्तरी दारफुरको जम्जाम बिस्थापन शिविर र पश्चिमी नुबा पर्वतका केही भागहरू छन् । प्रतिवेदनले सुडानका अन्य १७ क्षेत्र भोकमरीको जोखिममा रहेको पनि उल्लेख गरेको छ ।
सुडान अप्रिल २०२३ को मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सहरू बीचको विनाशकारी द्वन्द्वले आक्रान्त छ । जसले २९ हजार ६८० भन्दा बढीको ज्यान लियो र सुडान भित्र वा बाहिर १४ मिलियन भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको थियो ।