आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद अन्तर्गत दुई वटा समितिको बैठक बस्दैछ। आज(मंगलबार) अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासंग छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *