दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी
मकालु खबर
२०८१ पुस १६ गते
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिम जिल्ला अदालतले मंगलबार राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
उनले ३ डिसेम्बरको दिन सैनिक शासन लागू गर्ने निर्णय गरेपछि विवादमा परेका थिए । विपक्षी दलसमेतको विरोधपछि उनीले ६ घण्टामै निर्णय फिर्ता लिएका थिए । यही प्रकरणमा संसदले महाअभियोग प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित अवस्थामा छन् ।
यो विषय संवैधानिक अदालतमा विचाराधिन छ । संयुक्त जाँच मुख्यालले विज्ञप्ति जारी गरी निलम्बित राष्ट्रपति योलमाथि अनुसन्धानका लागि मंगलबार बिहान पक्राउ पुर्जी र खानतलासीको पुर्जी जारी भएको जानकारी दिएको छ ।
मकालु खबर
२०८१ पुस १६ गते
प्रतिक्रिया
सम्बन्धित