जियोमेट्रिकको परीक्षा बिग्रिएपछि तीन छात्राले गरे विष सेवन

काठमाडौं । महोत्तरीको एक शिक्षालयमा अध्ययनरत तीन छात्राले एकै साथ विष सेवन गरेका छन् ।

खैरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत तीन छात्राले परीक्षा बिग्रिएपछि एकै साथ विष सेवन गरेका हुन् ।

विष सेवन गर्ने मध्ये २ जना जङ्गल क्षेत्रमा अचेत अवस्थामा फेला परेका छन् । एक जना फेला परेकी छैनन् ।

जियोमेट्रिक इन्जिनियर प्रथम वर्षमा अध्ययनरत तीन छात्रा सम्पर्कविहीन भएकी थिइन् । उनीहरूको खोजतलास गर्दा दुई छात्रा विष सेवन गरी अचेत अवस्थामा फेला परेकी थिइन् । हराइरहेकी एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अचेत अवस्थामा भेटिएकी दुवै जनाको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।

खैरमारामा डेरा लिएर अध्ययन गर्दै आइरहेका विद्यार्थीहरूले विष सेवन गरेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *