१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

धनकुटा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौबिसे गाउँपालिका–२ बस्ने २५ वर्षीय मेख बहादुर लिम्बुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले ती बालिकालाई ललाई फकाई चौबिसे गाउँपालिका–६ राजारानीस्थित होटलमा लगेर पुस ८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुढेबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *