विप्लव नेतृत्वको नेकपाले आगामी निर्वाचनमा भाग लिने
मकालु खबर
२०८१ पुस १६ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले आगामी निर्वाचनमा भाग लिने भएको छ ।
कपिलवस्तुको शिवगढीमा सम्पन्न भएको पार्टी बैठकले २०८४ को निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको छ ।
नेकपाले आगामी चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा, विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरेको छ ।
मकालु खबर
२०८१ पुस १६ गते
प्रतिक्रिया
सम्बन्धित