जनकपुर शाखा प्रबन्धक पक्राउ परेका होइनन् : सिद्धार्थ बैंक

काठमाडौँ । सिद्धार्थ बैंकको जनकपुर शाखा कार्यालयका शाखा प्रबन्धक अर्ण बहादुर बलम्पाकी पक्राउ नपरेको बताएको छ ।

विभिन्न सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्दै बैङ्कले शाखा प्रबन्धक बलम्पाकी पक्राउ नपरेको बताएको हो ।

‘शाखा प्रबन्धक अर्ण बहादुर बलम्पाकी पक्राउ’ एवं ‘बैंकबाट कर्जा असुली प्रक्रियामा अनियमितता गरेको’ भन्ने समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको बताउँदै बैङ्कले खण्डन गरेको हो ।

पौष ११ गते बैंकको शाखा प्रबन्धक तथा कर्जा हेर्ने कर्मचारी समेत जिल्ला प्रहरी कार्यालयमा आवश्यक छलफलका लागि गएको बैङ्कले जनाएको छ । तर, केही व्यक्तिहरूले भिडियो खिची सोही आधारमा बैैंकको शाखा प्रबन्धक पक्राउ भनी भ्रामक समाचार बनाएको बैंकले बताएको छ ।

यस्तै बैंकको कर्जा भुक्तान नगरेका ऋणीको प्रचलित कानुनी प्रक्रिया अवलम्बन गरेर बैंकले धितो लिलामीको प्रक्रिया सम्पन्न गरेको बैङ्कले जानकारी दिएको छ ।

सिद्धार्थ बैंकले अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्थाको सेवा निर्बाध रुपमा सञ्चालन हुने वातावरण निर्माणका लागि सम्बन्धित सबैमा आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *