भन्सार प्रणालीलाई नयाँ प्रविधिमैत्री बनाउने गरी ऐन बनाउनुपर्छ : पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार प्रणालीलाई नयाँ प्रविधिमैत्री बनाउने गरी ऐन बनाउनु पर्नेमा जोड दिएका छन् ।

मंगलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा भएको सैद्धान्तिक छलफलमा बोल्दै पूर्वअर्थमन्त्री महतले यस्तो बताए ।

उनले भन्सार प्रशासन प्रभावकारी,राजश्व पनि वृद्धि ,व्यवसायीहरुलाई अनावश्यक भन्सार प्रक्रियाको झमेलामा नपर्ने र भन्सार छलीलाई रोक्ने गरी ऐन बनाउन आवश्यक रहेको उल्लेख गरे ।

उनले भन्सार ऐनलाई अन्तर्राष्ट्रिय रुपमा भन्सार नीति र नियमनमा परिमार्जन भएका नीतिहरु अनुरुप नेपालको भन्सार ऐनमा परिमार्जजित गरी भन्सार सम्बन्धि कानून ल्याउनुपर्ने बताए ।

उनले कति वस्तुमा भन्सार लगाउने वा भन्सार नलगाउने विषय ऐनमा समावेश गर्न नहुने बताए । उनले यो विषय सरकारले बजेटमा कर निर्धारण गर्ने समयमा राख्ने विषय भएको बताए ।

उनले भन्सार व्यवस्थापन पारदर्शी र प्रविधिमैत्री बनाउने कुरामा प्राथमिकता दिनुपर्ने उल्लेख गरे । उनले भन्सार प्रविधिलाई भौतिक रुपमा मानिस उपस्थित भएर गर्ने विगतको पद्धतिको अन्त्य गर्न जरुरी रहेको बताए ।

उनले अर्थ मन्त्रालयले आन्तरिक रुपमा भन्सार प्रणालीलाई थप सहज र प्रभावकारी बनाउन सुधारको आवश्यकता पहिचान गरी ऐनमा व्यवस्था गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *