मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छ : अमरेशकुमार सिंह
काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह मधेसको राजनीतिमा निष्ठाको आवश्यकता रहेको बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् । उनले मधेसको राजनीतिमा व्यापारिकरण मौलाएको टिप्पणी गरे ।
उनले मधेसको राजनीतिमा भइरहेको व्यापारिकरण नहटेसम्म मधेसका जनताले न्याय नपाउने बताएका हुन् ।
उनले मधेसका जनताले त्याग गरेको भएपनि राजनीतिक नेतृत्वले त्याग गर्न नसक्दा मधेसको विकास र समृद्धि हुन नसकेको पनि बताए ।
मधेसका जनताले निराश भएर बस्नुभन्दा संगठित भएर अगाडि बढ्न जरुरी रहेको उनको भनाइ छ ।‘जबससम्म मधेसको राजनीतिको व्यापारिकरण हट्दैन मधेसको जनता अगाडि गन्तव्यमा पुग्छ भन्नेमा मलाई शंका लाग्छ । आज मधेसमा उही नेता छ जसले ५०० जनालाई दारु र मासु खुवाउन सक्छ । त्यो पनि तस्करी र सरकारी सम्पती लुटेर होला । यसरि राजनीति हुँदैन । राजनीति निष्ठा हो,’उनले भने‘आज मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छ । त्यागको आवश्यकता छ । जहिले पनि मधेसी जनताले त्याग गरेको छ । नेताले त्याग गरेको छैन । यो यथार्थ हो । म कसैप्रति टिकाटिप्पणी गर्दिन । मेरो पिएचडीको विषय नै मधेस थियो । जुन हकिकत मधेसीको छ त्यहि हकिकत श्रीलंकाको तमिलको छ । अन्य धेरै देशमा छ । तर न्याय पाएन भनेर निराश भएर बसेर पनि समाधान हुँदैन । न्यायको लागि संगठित भएर आउनुप¥यो ।’
उनले मधेस सरकारको नेतृत्व मधेसवादी दलले नै गरेको भएपनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा उपलब्धी नभएको बताए ।