हुम्लाको सर्केगाडका तत्कालीन अध्यक्ष रोकाया भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । हुम्लाको सार्केगाड गाउँपालिका तत्कालीन अध्यक्ष कृष्ण रोकायलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । स्वार्थ बाझिने गरी कृषि अनुदान लिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले उनलाई दोषी ठहर गरेको हो ।

अख्तियारले २३ असार, २०८१ मा ढुंगाको पर्खाल बनाउन मात्रै १९ लाख ५० हजार रुपैयाँ दुरुपयोग भएको भनी अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले उनलाई २ वर्ष कैद र ९ लाख ७५ हजार रुपैयाँ बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको छ । परिवारका सदस्यको नाममा फर्म स्थापना गरी कृषि अनुदान दुरुपयोग गरेको आरोपमा उनी दोषी ठहर भएका हुन् ।

अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले मंगलबार यस्तो फैसला सुनाएको हो । विशेष अदालतले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीलाई पनि भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ ।

उनलाई एक वर्ष कैद र गाउँपालिका तत्कालीन अध्यक्ष बराबर बिगो र जरिवानाको फैसला गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *