सहकारी ठगीमा जो सुकै संलग्न भएपनि कानूनी प्रक्रियामा लैजानुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन सबैलाई बराबर हुने भएकाले सहकारी ठगीमा जो संलग्न भए पनि कानुनी प्रक्रियामा लैजानुपर्ने बताएका छन् ।

कांग्रेस मकवानपुरले मंगलबार हेटौँडामा आयोजना गरेको ४९ औँ राष्ट्रिय एकता एवं मेलमिलाप दिवस २०८१ लाई सम्बोधन गर्दै उनले गल्ती गरेको भए आफूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

बिपी कोइरालाले मेलमिलापको प्रस्ताव लिएर भारतबाट आएको दिनलाई स्मरण गर्दै महामन्त्री थापाले पार्टीभित्र त्यसलाई साँघुरो बनाउन नहुने बताए । उहाँले पार्टीभित्रको मेलमिलाप र एकतालाई मात्रै लिएर बिपीलाई सम्झिने हो भने अन्याय हुने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य मोहन आचार्यले मेलमेलाप दिवसको अवसरमा सबै नेता तथा कार्यकर्तालाई पार्टीलाई बलियो बनाउन सङ्गठित भएर अघि बढ्न निर्देशन दिए ।

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसमा आबद्ध भएर विभिन्न कालखण्डमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *