अंग्रेजी नयाँ वर्ष २०२५ भोलिबाट सुरु हुँदै
काठमाडौं । भोलीबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२५ सुरु हुँदैछ । सन् २०२४ को विदाई र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।
ग्रेगोरियन पात्रो अनुसार भोलिदेखि नयाँ वर्ष सन् २०२५ सुरु हुन लागेको हो । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन् सुरुवात भएको मान्यता छ ।
येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ । इराकको मेसोपोटा मियाबाट नयाँ वर्ष मनाउन थालिएको मान्यता छ ।
रोमन भाषाको जेनस शब्दबाट नयाँ वर्षको पहिलो महिना जनवरीको नामाकरण भएको मानिन्छ । अंग्रेजी नयाँ वर्ष २०२५ लाई हर्षोल्लासका साथ विश्वभर स्वागत गर्ने तयारी गरिएको छ ।
इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान लगायतका कार्यक्रमहरु सञ्चालन हुने छन् । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा काठमाडौंको ठमेलमा पर्यटकहरुले नयाँ वर्षलाई स्वागत गरेका छन् ।