पत्रकार सम्मेलन गर्दै एमालेबाट निकालिएका नेता डा. भीम रावल

काठमाडौं । नेकपा (एमाले)बाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । उनको सहयोगी गोविन्द दुवालका अनुसार पत्रकार सम्मेलनमार्फत आफ्नो आगामी योजना सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

एमालेको निर्णयपछि नेता रावल नयाँ पार्टी गठन गर्ने सम्भावनाबारे आन्तरिक परामर्शमा रहेका छन् । ‘दिउँसो १ बजे कार्की ब्याङ्क्वेटमा आयोजना हुने पत्रकार सम्मेलनमा रावलको भावी कदमबारे स्पष्ट हुनेछ,’ दुवालले भने भने, ‘त्यही नयाँ पार्टी खोल्ने नखोल्ने थाहा हुन्छ ।’

झण्डै पाँच दशक एमालेमा सक्रिय रहेका रावललाई पार्टीको सचिवालय बैठकले केही दिनअघि पार्टीबाट निष्कासन गरेको थियो । २०७८ सालको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेपछि रावल पार्टीभित्र निष्क्रियजस्तै बनेका थिए । आजको पत्रकार सम्मेलनले नेता रावलको आगामी राजनीति यात्राबारे थप स्पष्टता दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *