चेकपोस्टमा बसले जोतिँदा प्रहरी निरीक्षक तुलाधरको मृत्यु
मकालु खबर
२०८१ पुस १७ गते
काठमाडौं । सर्लाहीको बलरा नगरपालिका-९ छतौनास्थित सशस्त्र प्रहरीको चेकपोस्टमा बस पल्टिँदा प्रहरी निरीक्षकको मृत्यु भएको छ । बा ००६ ख २००४ नम्बरको बस छतौनास्थित चेकपोस्टमा पल्टिँदा किचेर सशस्त्र बोर्डर आउट पोस्ट छतौनाका प्रहरी निरीक्षक बिजय तुलाधरको मुत्यु भएको हो ।
चेकपोस्टको छेउमा फोनमा कुरा गरिरहेका तुलाधरमाथि नै बस पल्टिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका तुलाधरको उपचारको क्रममा मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बस चेकपोस्टमा राखिएको ड्रमलाई ठक्कर दिँदै पल्टिएको थियो । मृतक तुलाधरको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । बसमा सवार चालकदलका तीन जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा अन्य यात्रु भने थिएनन् ।
मकालु खबर
२०८१ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित