वसन्तपुरमा मनाइयो नेपाली टोपी दिवस (तस्बिरहरु)
मकालु खबर
२०८१ पुस १७ गते
काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिन नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जागरूक युवा अभियान नेपालको आयोजनामा बुधबार काठमाडौंको वसन्तपुरमा एक कार्यक्रम गरी मनाइएको हो ।
दौरा सुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोसाकको सूचिबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न माग गर्दै नेपाली टोपी दिवस मनाउँदै आएको आयोजकले बताइएको छ ।
उनीहरुले ‘नेपालीको टोपी, नेलालीको शान’, ‘नेपाली टोपी लगाऔँ, पहिचान बढाऔँ’, नेपाली टोपी हाम्रो पहिचानलगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
मकालु खबर
२०८१ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित