फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
मकालु खबर
२०८१ पुस १७ गते
काठमाडौं । नेपाली बजारमा साताको चौथो कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुन प्रतितोला एक हजार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य स्थिर छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि चाँदीको सोही मूल्य कायम थियो ।
मकालु खबर
२०८१ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित