ओलीले गरेको कारबाही प्रस्तावको विरोध गर्ने ७ नेतालाई रावलले दिए धन्यवाद

काठमाडौँ । नेकपा एमालेबाट निस्कासित नेता डा.भीम रावलले आफूलाई कारबाही गर्नेको प्रस्तावको विरोध गर्ने एमालेका ७ नेतालाई धन्यवाद दिएका छन् ।

एमाले अध्यक्ष केपी ओलीले भीम रावललाई कारबाहीको प्रस्ताव गर्दा एमालेका ७ नेताले विरोध जनाएका थिए । कारबाहीको विरोधमा सचिवालय बैठकमा आफ्नो मत राख्ने नेताहरूलाई पत्रकार सम्मेलन मार्फत रावलले धन्यवाद दिएका हुन् ।

‘पार्टीको गरिमामाथि धब्बा नलागोस् भनी अभिव्यक्ति दिनुहुने स्थायी कमिटीका सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई निलम्बन गरियो । मलाई पार्टीको सदस्यबाटै हटाइयो । केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा त्यसको विरोध गर्ने ७ जना नेतालाई धन्यवाद’ रावलले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *