प्रेस विज्ञप्ति
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका ग्राहकहरूले अन्नपूर्ण केबलकारमा ३० % छुट पाउने
मकालु खबर
२०८१ पुस १७ गते
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अभिकर्ता, कर्मचारी र पोलिसी होल्डरस्लाई पोखरामा रहेको अन्नपूर्ण केबल कारमा उपलब्ध हुने सेवा सुविधामा ३० प्रतिशत विशेष छुट पाउने भएका छन ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अन्नपूर्ण केबलकार बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनि र अन्नपूर्ण केबल कारको तर्फबाट सञ्चालक चन्द्र बहादुर कार्कीले समझदारीमा हस्ताक्षर गरेका हुन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा कारोबार सुरु गरेको ७ वर्ष पुरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ ।
साथै कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने ७० लाख भन्दा बडी बीमितहरु रहेका छन् । अन्नपूर्ण केबल कार सँगको यस समझदारीले इन्स्योरेन्सका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ ।
मकालु खबर
२०८१ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित