प्रभु बैंकको ‘डिजिटल काउन्टर’ सञ्चालनमा

काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को सुरुवात सँगै प्रभु बैंक लिमिटेडले विद्युतीय कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउन्टर Prabhu Digital Cube सञ्चालनमा ल्याएको छ ।

उक्त काउन्टर मार्फत Cash Deposit, Cash Recycling, Cheque Deposit, Statement Printing, ATM तथा विभिन्न Kiosk मेशिनको माध्यमबाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरू ग्राहक आफैँले प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

यस सेवाको सुरुवात सँगै कार्यालय समय कुरेर काउन्टरमा लाइन लागि बैंकिङ्ग सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ ।

हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत बिस्तार गरिने बैंकले जनाएको छ । साथै यस सेवाबाट ग्राहकले पर्याप्त लाभ उठाउने बैंकले विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *