बिआरआईअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणा : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड एनिसिएटिभ (बिआरआई) परियोजनाअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणा भएको टिप्पणी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई फ्रेमवर्क एग्रिमेण्ट गरेको भन्दै अब बिआरआई परियोजनाअन्तर्गत नयाँ योजनाहरू ल्याउन सकिने सम्भावनाहरू रहेको बताए ।

उनले अझै गहन छलफल गरेर बौद्धिक व्यक्तिका सुझाव लिएर देशको हितमा योजनाका प्रस्तावहरू चीनसँग लैजानुपर्ने बताए । उनले ऋण लिनै हुँदैन, अनुदान मात्रै लिनुपर्छ भन्नु थोत्रो र चिन्तन गर्न नसक्ने, भिजन क्रिएट गर्न नसक्ने अवधारणा रहेको बताए । यस्तो अवधारणा ल्याउनु देशको राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने मानिसहरूको कुरा मात्रै भएको बताए ।

देशको आवश्यकताअनुसार आफ्ना परियोजनाहरू बनाएर अघि बढ्नुपर्ने बताए ।

उनले भने ‘अहिले बीआरआई फ्रेमवर्क एग्रिमेण्ट भएको छ । यसपछि हामीले अरु नयाँ योजनाहरू ल्याउन सकिने सम्भवानहरु छन् । ती सम्भावनाहरू जो छन्, तिनलाई अझै कम्प्लिटली केलाएर नेपाल सरकारले हाम्रो देशका बौद्धिक शक्तिको सुझाव लिएर यो देशको हित कसरी हुनसक्छ रु त्यो राष्ट्रिय हितलाई सर्वोपरि राखेर त्यस्ता योजनाहरूको प्रस्तावहरू लगियो भने त्यसले हामीलाई फाइदा पुर्याउनसक्छ । यो लोन लिनै हुँदैन, ग्राण्ड मात्रै लिनुपर्छ भन्नेखालका जुन अवधारणाहरू हुन्, यी अवधारणा भनेका आफैँमा थोत्रा अवधारणा हुन् । यो चिन्तन गर्न नसक्ने, भिजन क्रिएट गर्न नसक्ने, विषयवस्तुलाई बेनिफिट गरेर बुझ्न नसक्ने र आफ्नै देशको राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने मानिसहरूका कुरा मात्रै हुन् । हामीले देशको आवश्यकता के हो रु त्यसअनुसार आफ्ना परियोजनाहरू बनाएर अघि बढ्न सक्नुपर्छ । त्यसो गर्नसके मात्रै बिआरआईबाट हुनसक्ने फाइदाहरू लिनसक्छौँ ।’

सम्मानित नेता खनालले नेपालमा बिआईआई परियोजनाका बारेमा भ्रमहरू फैल्याइएको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जरुरी नरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *