नेकपा एससँग सैद्धान्तिक सहमति भयो, अब धेरै समय कुर्न नपर्ला : वामदेव गौतम

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) र नेता वामदेव गौतमको नेतृत्वमा रहेको एकता अभियानबिच पार्टी एकताको सैद्धान्तिक सहमति जुटेको छ ।

बुधवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारी र एकता अभियानका संयोजक गौतमबिच भएको छलफलपछि गौतमले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले समझदारी विकास गर्नेबारेमा छलफल भएको र एकता हुन धेरै समय कुर्न नपर्ने उल्लेख गरे ।

उनले भने ‘‘समझदारी विकास गर्नेबारेमा छलफल भयो । अब धेरै समय कुर्न नपर्ला पार्टी प्रवेशका लागि ।’

छलफलपछि बोल्दै एकता अभियानका संयोजक गौतम र पार्टीका पदाधिकारीबिच छलफल भएको र छलफल सकारात्मक रहेको बताए । उनले राजनीतिक, सैद्धान्तिक, वैचारिक विषयमा समेत छलफल भएको बताए । उनले एकताबद्ध भई अघि बढ्नेबारे सैद्धान्तिक सहमति जुटेको बताए ।

उनले भने ‘एकता अभियानका संयोजक वामदेव गौतमसँग हाम्रो पार्टीका पदाधिकारीहरू बसेर छलफल ग¥यौँ । छलफल धेरै विषयमा भयो, राजनीतिक, सैद्धान्तिक, वैचारिक विषयमा छलफल भयो । एतावद्ध भएर अघि बढ्ने सन्दर्भमा छलफल भयो । वामदेव कमरेड र हाम्रो बिचमा छिटै एकताबद्ध भई सँगसँगै अघि बढ्ने एक खालको सैद्धान्तिक समझदारी भएको छ । एकता अभियानमा रहेका वामदेव कमरेडसँगै धेरै योगदान गर्नुभएका नेताहरूको व्यवस्थापनका कुराहरू भएको छ । हामी यी विषयहरू छिटै टुङ्ग्याउँछौँ ।’

उनले नेता भीम रावललाई पार्टीमा प्रवेश गराउनेबारेमा पनि छलफल भइरहेको बताए । भीम रावललाई पार्टीमा स्वागत गर्न आफूहरू तयार रहेको बताए । उनले भीम रावलसँगको छलफल पनि सकारात्मक रुपमा अघि बढिरहेको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *