भूमिहीन सुकुम्वासीलाई वर्ष दिनभित्र १ लाख लालपूर्जा बाँड्ने योजना छ : अध्यक्ष रिजाल

काठमाडौँ । भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई आगामी एक वर्षभित्रमा १ लाख लालपूर्जा बाँड्ने आयोगको योजना रहेको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै अध्यक्ष रिजालले यस्तो कार्ययोजना रहेको बताएका हुन् ।

उनले अहिलेको आयोगलाई सबै जिल्लामा तीन वर्षको अवधि दिने भन्दा पनि निवेदनका आधारमा अवधि निर्धारण गरिएको बताए । उनले भूमि आयोगले जिल्ला र पालिकालाई लक्ष्य दिएर आगामी एक वर्षभित्रमा १ लाख लालपूर्जा वितरण गर्ने योजना बनाएको उल्लेख गरे ।

उनले आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने गरी पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले आयोगले अहिले प्रमाणीकरण भएको संख्यालाई आगामी तीन महिनाभित्र लालपूर्जा बाँड्ने गरी काम अगाडि बढाएको समितिलाई जानकारी दिए । उनले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी गरिएको लगत संकलनमा १० लाख ९६ हजार आएको बताए ।

उनले आयोगले अब एक पटकलाई लगत संकलन खुला गर्ने र लगत संकलनको काम बन्द गरिने बताए ।

उनले भने ‘भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने गरी गरिएको लगत संकलनमा १० लाख ९६ हजार आयो । आयोगले अब एक पटकलाई लगत खुलाउँछौँ । त्यो गर्दा १३ लाख पुग्ला तर आयोगले लगत लिन नपर्ने पालिकाहरूमा लगत बन्द भएको घोषणा गर्छौं । लगत संकलनको काम सिद्ध्याउँदै जान्छौँ । पहिचान र प्रमाणीकरणको काम पनि घोषणा गर्दै जान्छौँ । त्यो भनेको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बोसवासीको संख्या यकिन गर्दछौँ । त्यसपछि प्रमाणीकरणको काम पालिका वडाहरूमा बन्द भएको घोषणा गर्दै जान्छौँ । लालपूर्जा वितरणको कामलाई प्राथमिकतामा राखेका छौं । त्यसमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई प्राथमिकतामा राखेका छौं । भूमिहीन दलित, भूमिहीन सुकुम्वासीको अहिले भएको संख्यालाई आगामी तीन महिनाभित्र लालपूर्जा बाँड्ने गरी काम अगाडि बढाएका छौं । अपुरो अधुरो बाँकी कामहरु पनि सक्ने कार्ययोजना छ । अहिलेको आयोगलाई सबै जिल्लामा ३ वर्षको अवधि हुन्छ भन्नेछैन । निवेदनका आधारमा अवधि निर्धारण गरिएको छ । आयोगले जिल्ला र पालिकालाई लक्ष्य दिएर आगामी एक वर्षभित्रमा १ लाख लालपूर्जा बाँड्ने भनेर योजना छ ।’

उनले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोवासी पहिचान र प्रमाणीकरणको काम सकिएको घोषणा गर्दै जाने बताए । उनले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बोसवासीको संख्या यकिन गरी प्रमाणीकरणको काम पालिका वडाहरूमा बन्द भएको घोषणा गर्दै जाने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *