नेपालले राष्ट्रिय हितलाई ध्यानमा राखेर बिआरआईमा प्रस्ताव लैजानुपर्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालले राष्ट्रिय हितलाई ध्यानमा राखेर बिआरआईमा प्रस्ताव लैजानुपर्ने बताएका छन् ।

काठमाडौंमा बुत्रवार नीति अनुसन्धान संस्थाको आयोजनामा भएको नेपालमा बिआरआई परियोजना कार्यान्वयनको सम्भावना विषयक अन्तरक्रियामा नेता खनालले बिआरआई नेपालको हितमा रहेको प्रष्ट पारे ।

बिआरआईले विश्व उत्साहित भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले आवश्यकताका आधारमा बिआरआईका परियोजना अघि बढाउनुपर्ने बताए । उनले भने,“ऋण लिन हुँदैन भन्नु पुराना अवधारणा हुन्, आवश्यकताका आधारमा परियोजना अघि बढाउन सकिन्छ ।”

उनले बिआरआईका विषयमा नेपाली जनताले गहिराइमा पुगेर बुझ्न जरूरी रहेको बताए । दुई छिमेकीमुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्न जरूरी रहेको औँल्याउँदै उहाँले बिआरआईलाई विवादको विषय नबनाउन अनुरोध गरे ।

हाल विश्वको ७५ प्रतिशत जनसङ्ख्या बिआरआईभित्र परेको जानकारी गराउँदै उनले हालसम्म तीन हजार परियोजनामा सम्झौता भइसकेको जानकारी दिए ।

एक सय ५० भन्दा बढी मूलुक यसमा जोडिइसकेको उल्लेख गर्दै उहाँले विश्वव्यापी रूपमा भइरहेको विकासले बिआरआई महत्वपूर्ण परियोजना हो भनेर पुष्टी भएको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *