डीआइजी कडायत र केसी एआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा  बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले डीआइजी कुवेर कडायत र रवीन्द्र केसीलाई बढुवा गर्न सिफारिस गरेको हो ।

कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा र केसी अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन्। एआइजी किरण बज्राचार्य र भरत बोहरा अवकाशमा गएसँगै उनीहरुको स्थानमा समितिले बढुवा सिफारिस गरेको हो।

हेर्नुहोस् बढुवा सिफारिस सुची प्रकाशित गरिएको पत्र

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *