उड्डयन प्राधिकरणले माग्यो १७ कर्मचारी (सूचनासहित)
मकालु खबर
२०८१ पुस १८ गते
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लेरिक्त पदहरूमा करार सेवाका लागि दरखास्त आह्वान गरेको छ । नियमावली, २०५६ को नियम ४.११ अनुसार, स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी अधिकतम एक वर्षका लागि १७ जना कर्मचारीको आवश्यकता रहेको छ ।
योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइनमार्फत आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । आवेदन फारम बुझाउने समय सीमा २१ दिन तोकिएको छ ।
प्राधिकरणले दरखास्तसँगै नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, र उद्धार तथा अग्नि निवारण सम्बन्धी आधारभूत तालिमका प्रमाणपत्रका प्रमाणित प्रतिलिपिहरू पेस गर्नुपर्ने जानकारी दिएको छ ।
मकालु खबर
२०८१ पुस १८ गते
प्रतिक्रिया
सम्बन्धित