एमडीआरटी २०२५ को उपाधिका लागी सूर्यज्योतिबाट ४० जना योग्य, २ जना सीओटी बन्न सफल

काठमाडौँ । अभिकर्ताहरूको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सूर्यज्योतिका ४० जना उत्कृष्ट अभिकर्ताहरू एमडीआरटी २०२५ को सदस्य बन्न सफल भएका छन ।

उक्त ४० जना मध्ये गौरव कुमार शाही र दिपक सापकोटा कोर्ट अफ द टेबल (COT) का लागी योग्य भएको कम्पनीले जनाएको छ । गौरव कुमार शाही COT मा दोस्रो पटक छनौट हुन सफल भएको जनाइएको छ ।

त्यस्तै कम्पनीका अनुसार कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट १, बागमती प्रदेशबाट १७, गण्डकी प्रदेशबाट ५ , लुम्बिनी प्रदेशबाट ८ , कर्णाली प्रदेशबाट ५ जना र सुदुर पश्चिम प्रदेशबाट २ जना गरी जम्मा ४० जना छनौट भएका हुन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सन् २०२५ को लागि मिलियन डलर राउण्ड टेबल ९एमडीआरटी० का लागि छनौट हुन सफल ४० जना सबैलाई हार्दिक बधाई दिए । उक्त ४० जनाले मकाउमा आयोजना हुने विश्वभरका अभिकर्ताहरूको भेलामा सहभागी हुने मौका पाएका छन् ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीसँग आबद्ध भएका हजारौँ कर्मठ, लगनशील र मेहनती अभिकर्ताहरू प्रति पनि कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा उत्कृष्टता हासिल गर्न आग्रह गरेका छन ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चुक्ता पुँजी रु.५०१ करोड, कुल लगानी ४,१५२ करोड, जीवन बिमा कोष ३,६०५ करोड, जारी बीमालेख संख्या ३१ लाख र प्रशिक्षित अभिकर्ता संख्या ९९,५४५ रहेको छ । यसले देशभर रहेका १७६ शाखा संजालद्वारा सेवा प्रदान गरी रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *