भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

काठमाडौँ । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट उपसमितिले तयार गरेको प्रतिवेदनसहितको संशोधन विधेयक पारित गरेको हो ।

नेपाली काँग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा गठित उपसमितिको प्रतिवेदनसहित विधेयक सर्वसम्मतबाट पारित भएको समिति सभापति रामहरी खतिवडाले घोषणा गरे ।

सभापति खतिवडाले विधेयक पारित गर्नको लागि गरेको प्रस्ताव समिति सदस्यहरूले ताली बजाउँदै पारित भएको जानकारी गराए ।

समितिबाट पारित भ्रष्टाचार निवारण ऐन प्रतिनिधि सभामा पेस हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *