भृकुटीमण्डपमा ‘साउथ एसिया इन्टरनेसनल बुक फेयर’ (तस्बिरहरु)
२०८१ पुस १८ गते
काठमाडौँ । दोस्रो अन्तर्राष्ट्रिय दक्षिण एसियाली पुस्तक मेला भृकुटीमण्डपमा सुरु भएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा पुस्तक मेला सुरु भएको हो ।
‘साउथ एसिया इन्टरनेसनल बुक फेयर २०२५’ नाम दिइएको पुस्तक मेला बुधवारदेखि सुरु भएको हो ।
पुस्तक मेला पाँच दिनसम्म चल्ने छ । मेलामा दक्षिण एसियाली लेखकहरूका विभिन्न पुस्तकहरू प्रदर्शनमा राखिएका छन् ।
पुस्तक प्रदर्शनीमा नेपालसहित चीन, दक्षिण एसिया क्षेत्रका भारतसहितका अधिकांश देश र अन्य देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहेको छ ।
प्रदर्शनीमा १५० भन्दा बढी स्टलहरू हुनुका साथै देश तथा विदेशका एक सय पचास भन्दा बढी प्रकाशक तथा उत्पादकहरूको जमघट भएको छ ।
तस्बिरहरु:
२०८१ पुस १८ गते
प्रतिक्रिया
सम्बन्धित