जनकपुरधामको महागंगा आरती–गंगासागर र पोखराको वृद्धाश्रमलाई रु. १/१ लाख सहयोग

हवाईजहाजको इमरजेन्सी ढोका खोल्ने यात्रुबाट प्राप्त क्षतिपूर्ति रकम परोपकारी संस्थालाई हस्तान्तरण

काठमाडौँ । हिजो जनवरी १ का दिन पोखराबाट काठमाडौं (उडान संख्या ६१८) को उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा जहाजको इमरजेन्सी ढोका खोलेका थिए । टेक्निकल टिमको परीक्षणपछि करिब ३ घण्टा ढिलो साँझ ६:४० मा काठमाडौँका लागि उक्त जहाज उडेको थियो ।

यसैगरि काठमाडौंबाट जनकपुरका लागि अक्टोबर १० का दिन बिहान ६:०५ मा उडेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो । जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले जहाजको इमर्जेन्सी ढोका खोलेका थिए ।

उक्त घटनापछि चालक दलले जहाज पार्किङ–वेमै फर्काएका थिए । जहाजको प्राविधिक जाँचका लागि काठमाडौंबाट टेक्निकल टिम गई सम्पूर्ण चेकजाँचपछि दिउँसो १ बजे जनकपुर अवतरण गरेको थियो । यसबाट उडान प्रक्रिया अवरुद्ध भई त्यस दिनको उडान तालिका निकै प्रभावित बनेको थियो ।

अनाहकमा इमरजेन्सी ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीलाई जिम्मा लगाइने गरिएको छ । यात्रुले अब उप्रान्त यस्तो कार्य नगर्ने सर्तमा क्रमशः रु. १ लाख क्षतिपूर्ति तिराइएको बुद्ध एयरले जनाएको छ ।

आपत्कालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् । आपत्कालीन अवस्थामा बाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्याउँछ ।

हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ ।

बुद्ध एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको जनाएको छ । विमान कम्पनीले उडान सुरक्षामा अनाहक खलल पुर्याउने यात्रुलाई उडानमा थप प्रतिबन्ध लगाउँछन् ।

बुद्ध एयरले अनाहकमा इमरजेन्सी ढोका खोल्ने यात्रुबाट क्षतिपूर्ति रकम १ लाख रुपैयाँ तिराई तिनै गन्तव्यका परोपकारी संस्थालाई सहयोग गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *