स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रविसहित ४४ जनालाई प्रतिवादी बनाउँदै प्रतिवेदन बुझाइयो

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी प्रकरणमा अनुसन्धान सकेर आज आफ्नो प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । लामो अनुसन्धानपछि प्रहरीले आज प्रतिवेदन बुझाएको हो ।

प्रहरीका अनुसार उक्त प्रतिवेदनमा प्रतिवादीहरुमाथि रु एक अर्ब १९ करोड बिगो कायम गर्नुपर्ने माग गरिएको छ । स्वर्णलक्ष्मी ठगी प्रकरणमा ४४ जनामाथि नै पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

सङ्गठित रुपमा नै रकम ठगी भएको प्रहरीले निष्कर्ष निकालेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोजन प्रक्रिया अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *