भारत १ सय ८५ रनमा अल आउट
काठमाडौं । बोर्डर–गावस्कर ट्रफीको पाँचौँ र अन्तिम टेस्टको पहिलो इनिङ्समा भारत १ सय ८५ रनमा अल आउट भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्समै अल आउट भयो । अस्ट्रेलियाका फास्ट बलर सामु भारतीय कुनै पनि ब्याटरले खुलेर खेल्न सकेनन् ।
भरतका लागि ऋषभ पन्तले सर्वाधिक ४० रन बनाए । रवीन्द्र जडेजाले २६ रन बनाए भने कप्तान जसप्रित बुमराहले २२ रनको आक्रामक पारि खेले ।
शुबमन गिलले २० रनको योगदान दिए । विराट कोहली १७ रन बनाउँदै बाहिरिए ।
वासिङ्टन सुन्दरले १४ रन जोडे भने यशएस्वी जैसवालले १० रन बनाए । केएल राहुलले ४, प्रसिद्ध कृष्णाले ३ र मोहम्मद सिराजले ३ रनको योगदान दिए ।
नितेश कुमार रेड्डी शून्य रनमा आउट भए । भारतले अतिरिक्त २६ रन पाएको थियो ।
बलिङमा भने अस्ट्रेलियाका स्कट बोल्याण्डले सर्वाधिक ४ विकेट लिए । मिचेल स्टार्कले ३ विकेट लिए । कप्तान प्याट कमिन्सले २ विकेट लिँदा नेथन ल्योनले १ विकेट लिए ।