जनशक्ति अभावका कारण नेपालले गुमायो कोप–२९ मा ६८ वटा बैठक

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले जलवायु कार्य गर्नको लागि नेपालले वित्त व्यवस्थापन र खर्च गर्न सक्ने क्षमता विकास गर्नुपर्ने आश्यकता औंल्याएका छन् ।

शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सचिव डा. खरालले नेपाल कानूनी र संरचनागत हिसावले मजबुत भएको भएपनि वित्त व्यवस्थापनमा कमजोर रहेको बताएका हुन् ।

जलवायु कार्यका लागि तीन तहका सरकारले समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा उनको जोड छ । उनले वित्त व्यवस्थापनका लागि आन्तरिक गृहकार्यसँगै अन्तर्राष्ट्रिय जगतसँग सहयोग लिनुपर्ने बताए ।

उहाँले नेपालले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागि हुन आवश्यक जनशक्ति उत्पादन गर्न जरुरी रहेको बताए । उनले जनशक्ति अझावकै कारणले कोप २९ मा नेपालले ६८ वटा विषयगत बैठकहरु गुमाउनुपरेको बताए ।

उनले जलवायुसम्बन्धी सम्मेलनमा सहभागि भई आफ्ना कुराहरु राख्ने र निरन्तर आफ्ना कुरा राख्नेगरी जनशक्ति विकासमा जोड दिए । ‘कोपका सबै विषयगत मिटिङहरुमा हामी सहभागि भएर आउनुपर्ने हुन्छ,’ उनले भने ‘कोप–२९ मा जम्मा ३९२ वटा बैठकहरु थिए । त्यसमध्ये हामी ३२४ वटा मिटिङमा मात्र सहभागिहुन पायौं । कनिभने हामीसँग जनशक्ति थिएन ।’

बैठकमा अधिकांश सांसदहरुले जलवायु कार्यका लागि कानूनी र संरचनागत सुधारसँगै वित्त व्यवस्थापनमा जोड दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *