अवस्थामा परिवर्तन हुन सकेको छैन, तर हुँदै नभएको भन्ने होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त रुपमा नागरिकको अवस्थामा परिवर्तन हुन नसकेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अवस्थामा परिवर्तन हुँदै नभएको भन्नेकुरा गलत रहेको बताएका हुन् ।

उनले अवस्थामा परिवर्तन भएको तर पर्याप्त नभएकाले अरु बढी प्रगति गर्नुपर्ने आवश्यकता औंल्याए । ‘अवस्थामा परिवर्तन भएको छैन ? अवश्य अवस्थामा परिवर्तन भएको छ । तर पर्याप्त परिवर्तन भएको छैन । अरु बढी प्रगति गर्नुपर्छ । उन्नति गर्नुपर्छ’ उनले भने ।

उनले नेपालमा महिलाहरुले रोजगारी गर्ने मात्रै नभइ आफैँ रोजगारी सिर्जना गरी रोजगारको अवसर प्रदान गरिरहेको बताए ।

उनले महिला जनप्रतिनिधि र पुरुष जनप्रतिनिधिहरुले गरेका कामबीच प्रतिष्पर्धा हुने हो भने ८० प्रतिशतमा महिला विजयी हुने दाबी गरे । ‘यहाँ दिदिबहिनीहरुले भाषण गर्न पाउनुभएको छैन, भाषण गर्न पाउने हो भने दर्शक उचाल्नुहुन्छ । हिजो त्यस्तै थियो त । अवश्य नयाँ कुरा र काम गर्नुभएको छ,’उनले भने‘यहाँ राम्रो कामको प्रतिष्पर्धा भएको छ, महिलाहरुको बीचमा मात्रै प्रतिष्पर्धा होइन, पुरुषहरुको समेत कामको मूल्यांकन गरेर प्रतिष्पर्धा आयोजना गर्नुभयो भने ८० प्रतिशत महिलाहरुले जित्नुहुन्छ । त्यो खालको स्थिति बनेको छ ।’

प्रधानमन्त्री ओलीले अवसरमा समानता हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *