सरोकारवाला भन्छन्– बैंकको आम्दानी स्रोत सिमित हुँदा नाफामा दबाब

काठमाडौं । बैंकहरुको आम्दानीको स्रोत सिमित हुँदा बैंकहरुको मुनाफामा दबाब सिर्जना भएको सरोकारवालाहरुले बताएका छन् ।

नेपालको बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीको स्रोत सिमित हुँदा पछिल्लो समय मुनाफा घट्दै गएको उनीहरुको दाबी छ । बैंकहरुको ८० प्रतिशत आम्दानी कर्जा लगानीको ब्याजमा नै निर्भर रहेको छ ।

पछिल्लो समय बैंकहरुले निजी क्षेत्रमा कर्जा प्रवाह गर्न सकेका छैन । त्यसले पनि आम्दानीमा कमी देखिएको छ । बैंकर्सहरुकाअनुसार बैंकहरुको कर्जा लगानीको ब्याज तथा सावाँ समेत संकलन गर्न मुस्किल देखिएकाले आम्दानीमा मात्रै नभएर सम्पती गुणस्तरमा समेत कमजोर बन्दै गएको देखिन्छ ।

बैंकको सम्पती कर्जाको धितो नै ८० प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको पछिल्लो समय खराब कर्जा समेत उल्लेख्य मात्रामा बढ्दै गएको छ । यसले बैंक तथा वित्तीय संस्था समस्या र चुनौतिपूर्ण अवस्थामा पु¥याउन सक्ने अवस्था देखिएको उनीहरुको भनाई छ ।

बैंक तथा वित्तीय संस्थामा पर्ने असरले समग्र मुलुकको अर्थतन्त्रमा समेत चुनौति देखिने सरोकारवालाहरुको भनाई छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजक रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा तीन प्रमुख अन्तरबिरोध रहेको बताए ।

उनले मुलुकको अर्थतन्त्रमा मुख्य गरी बैंकिङ र वित्तीय क्षेत्रमा देखिएका समस्यासँगै आन्तरिक र वाह्य क्षेत्रको सन्तुलनमा चुनौति रहेको बताए । उनले बैंक तथा वित्तीय क्षेत्रको नियमन प्रभावकारी भए पनि बैंकहरुको सम्पतीको गुणस्तर घट्दो अवस्थामा रहेको बताए ।

उनले खराब सम्पतिको देखिने आकार मात्रै घट्दै गएको देखिए पनि नदेखिने आँकडा कहालि लाग्दो अवस्था रहेको उल्लेख गरे । उनले बैंकहरुको सम्पतिको गुणस्तर कमजोर देखिइएका अन्तर्राष्ट्रिय निकायहरुले बैंकहरुको मूल्याङ्कन परम्परागत नियमनले मात्रै नभएर ऋणीकै तहमा पुग्न र कर्जा लिएको व्यक्ति वा संस्थाले कर्जा उपयोगका विषयमा छानविन गर्नुपर्ने प्रश्न उठाएको उल्लेख गरे ।

उनले प्रभावकारी नियमन भएपनि बैंकको सम्पति गुणस्तर नहुँदा चाहेको क्षेत्रमा लगानी प्रवाह हुन नसकेको बताए ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले बैंकको आम्दानी स्रोत सिमित हुँदा नाफामा दबाब देखिएको बताए । उनले अहिले औषतमा बैंकहरुको खराब कर्जा ४.४२ प्रतिशत पुगेको भन्दै अझै थपिने अवस्था देखिएका बताए ।

उनले बैंकहरुको ८० प्रतिशत आम्दानी ब्याजमा नै निर्भर रहेको दाबी गरे । उनले बैंकको सम्पती लोनको धितो नै ८० प्रतिशत रहेको बताए ।

उनले बैंकको आम्दानी स्रोत एकै किसिमको मात्रै रहेको बताए । उनले २०४० सालमा जब निजी क्षेत्र प्रवेश गरेसँगै ४० अर्ब निक्षेपको आकार ८ प्रतिशत कर्जामा देखिएको उल्लेख गरे ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुरेन्द्र रेग्मीले बैंकहरुको आरोही घट्दै गएको बताए । उनले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या र चुनौति समाधान गर्नको लागि एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले बैंकहरुको खराब कर्जा बढेर गएको बताए । उनले बैक विरुद्ध विभिन्न खालका नकारात्मक गतिविधिहरु हुने गरेको बताए ।

उनले देशमा बैंक तथा वित्तिय संस्थाको विकास हुन नसके मुलुकको आर्थिक विकास हुन नसक्ने उल्लेख गरे ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष उपेन्द्र पौडेलले बैंकहरुले सम्भावना भएको क्षेत्रमा लगानी गर्दै आएको बताए । उनले ऊर्जाको क्षेत्रमा बैंकहरुको लगानी उच्च रुपमा भएको बताए ।

उनले जलविद्युतमा बैंकको लगानीकै कारण विद्युत उत्पादन गरी निर्यातमा थालनी भएको बताए । उनले सिमेन्टमा पनि भारत निर्यात गर्ने अवस्थामा पुगेको बताए ।

उनले स्टिल,सिमेन्ट लगायत अन्य उद्योगमा लिएको सफलता बैंकहरुको लगानीको कारण भएको उल्लेख गरे ।

उनले बैंकहरुले उद्योग व्यवसायीमा ७२ प्रतिशत बढी लगानी गरेको दाबी गरे । उनले कृषि क्षेत्रमा बैंकको लगानी नभएको आरोप लाग्दै आएको बताए ।

उनले कृषि क्षेत्रमा बैंकको लगानी हुनुमा बैंकहरु मात्रै उत्तरदायित्व भित्र नभएको बताए । उनले कृषिमा राज्यले दिन सक्ने सुविधा दिन नसक्दा कृषकले कर्जा तिर्न नसक्ने देखेर लगानी नगरेको स्पष्ट गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *