सबैको सहमतिमा संविधान संशोधन गर्न मन्त्री सिंहको जोड
मकालु खबर
२०८१ पुस २० गते
महोत्तरी । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसका नेता सिंहले आज बर्दिवासमा पार्टी कार्यकर्तासँगको भेटमा वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको बताउँदै संसद्मा प्रतिनिधित्व गर्ने सबै दलसँग संविधान संशोधनका बारेमा पर्याप्त छलफल र गृहकार्य गर्नुपर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने बताए ।
‘यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहनेछ’ उनले भने ‘वर्तमान सरकार बनेयता आमजनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आश जागेको छ ।’ साथै उनले पार्टी कार्यकर्तालाई ऊर्जावान् भएर सङ्गठन विस्तारमा लाग्न आग्रह गरे ।
मकालु खबर
२०८१ पुस २० गते
प्रतिक्रिया
सम्बन्धित