म्यानमारका ६ हजार कैदीलाई आम माफी

काठमाडौं । म्यानमारको राज्य प्रशासन काउन्सिलले शनिवार देशको ७७ औं स्वतन्त्रता दिवसका अवसरमा करिव ६ हजार कैदीहरूलाई काउन्सिलको आदेशअनुसार माफी दिएको छ ।

माफी गरिएका कैदीहरूमा म्यानमारका ५ हजार ८६४ र अन्य देशका १८० जना रहेका छन् । काउन्सिलले केही कैदीहरूको सजाय पनि घटाएको छ । गत वर्ष देशको ७६ औँ स्वतन्त्रता दिवसको अवसरमा ९ हजारभन्दा बढी कैदीलाई आममाफी दिइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *