कसैले दाबी गरेन ३० लाखको गाडी, पाँच महिनापछि भन्सार बुझाइयो

काठमाडौं । रौतहटमा पाँच महिनाअघि फेला परेको बेवारिसे गाडी अन्ततः गौर भन्सार कार्यालयमा बुझाइएको छ । प्रहरीले साउन २७ गते दुर्गाभगवती गाउँपालिका-३ मतसरीमा फेला पारेको बीआर ०१ पीएल ९३८७ नम्बरको महिन्द्रा स्कारपियो गाडी गत शुक्रबार भन्सार कार्यालयमा हस्तान्तरण गरेको हो ।

चोरीको गाडी सञ्चालनमा रहेको सूचना पाएपछि प्रहरी टोलीले उक्त गाडी नियन्त्रणमा लिएको थियो । पाँच महिनासम्म पनि गाडीको दाबी गर्ने कोही नआएपछि त्यसलाई भन्सार कार्यालयमा बुझाइएको प्रहरीको भनाई छ ।

करिब ३० लाख रुपैयाँ मूल्य पर्ने यो गाडी अब भन्सार प्रक्रिया पूरा गरी आवश्यक निर्णयका लागि अगाडि बढाइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *