कांग्रेस र एमाले इमानदार सहयात्री हुन्, सरकार ढल्दैन : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार पुरा कार्यकाल चल्ने बताएका छन् ।
उनले नेपाली कांग्रेस नेकपा एमालेको गठबन्धन आउने चुनावसम्म कायम रहने बताएका हुन् ।
आइतबार धरानको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले अहिलेको गठबन्धनको विकल्प नभएको बताए ।
उनले सरकार गठनका बेला भएको सहमतिअनुसार नै आउने निर्वाचनसम्म गठबन्धन कायम रहने बताए ।
उनले सरकार गठनअघि भएको सहमतिमा कांग्रेस र एमाले इमानदार रहेको दाबी गर्दै सरकार परिवर्तन नहुने दाबी गरे ।
सहमतिअनुसार नै एमाले अध्यक्ष केपी ओलीपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए ।
‘आउने निर्वाचनमा कांग्रेस र एमालेबिच प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई थाहा छ । परिस्थितिको आवश्यकता अनुसार अहिलेको सरकार बनेको छ । हामी अहिलेसँगै सरकारमा रहेर काम गरिरहेका छौँ,’ उपप्रधानमन्त्री सिंहले भने ।