आर्मीविरुद्ध ललितको घातक बलिङ, एक्लैले लिए ७ विकेट
मकालु खबर
२०८१ पुस २१ गते
काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गतको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब १ सय २१ रनमा अल आउट भएको छ ।
नेपाल पुलिस क्लबविरुद्ध पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लब ३४.४ ओभरमा १ सय २१ रनमा समेटिएको हो । आर्मीलाई सस्तैमा समेट्न पुलिसका ललित राजवंशीले घातक बलिङ गरे ।
ललित एक्लैले ७ विकेट लिए । ललितले १७.४ ओभरमा ४७ रन दिएर ७ विकेट लिएका हुन् ।
ललितले सन्तोष कार्की, तृतराज दास, सोमपाल कामी, बसिर अहमद, विवेक यादव, साहब आलम र आकाश चन्दको विकेट लिएका हुन् । यस्तै कुशल भुर्तेल, सर्वन यादव र राशिद खानले १–१ विकेट हात पारे ।
आर्मीका लागि कुशल मल्लले सर्वाधिक २५ रन बनाए भने भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए ।
मकालु खबर
२०८१ पुस २१ गते
प्रतिक्रिया
सम्बन्धित