अटोमोवाइल क्षेत्रमा देखिएका समस्याहरुबारे नाडा र संस्थागत एशोसिएशनबीच बृहत छलफल
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, हेटौडा र नाडा संस्थागत एशोसिएशनका पदाधिकारी तथा सदस्यहरुबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा आइतबार बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अटामोवाइल्स एशोसिएशनको २४ औं वार्षिक साधारण सभाको सन्दर्भमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सहभागिहरुले अटोमोवाइल क्षेत्रमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा विभिन्न प्रश्न र जिज्ञाशाहरु राखेका थिए ।
खासगरी भन्सार विभाग र वाणिज्य विभागले जारी गरेको यम.आर.पीका विषयमा, भन्सार मूल्याङ्कनको समस्या, साफटा अन्तर्गत आएका अटोमोवाइल बस्तुहरु, झोले व्यापारीले पुर्याएको समस्या,मधेश प्रदेशमा विना प्यान नम्बर सञ्चालन ३ हजार पसलहरुको कारण अन्य व्यवसायीहरुलाई परिरहेको नकारात्मक असर, भ्याटमा दर्ता भएर राख्नुपर्ने लेखा सम्बन्धी समस्याहरु, सदस्यहरुकोहितका लागि भलाई कोषको व्यवस्था, व्यवसायमा चेक वाउन्सको व्यावहारिक समस्या, अटोमोवाइल्स व्यवसायीहरु इन्स्योरेन्समा आवद्ध नहुदाको समस्या र नाडाका प्रदशे एशोसिएशनहरुलाई साधारण सभा सम्पन्न गर्नका लागि पनि नाडाले आर्थिक श्रातेको व्यवस्था गर्नुपर्ने लगायत विषयहरुमा विस्तृत छलफल भएको थियो ।
छलफलको समापनमा बोल्दै नाडाका अध्यक्ष करण चौधरीले छलफलमा उठेका प्रश्नहरुको जवाफ लिएका थिए । साथै अध्यक्ष चौधरीले नाडाका केन्द्रीय कार्य समितिका सदस्य सुिनल रिजालले स्पेयर पार्टस र एम.आर.पीका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।
कार्यक्रमको अन्त्यमा नाडाका महासचिव सरुेन्द्रकुमार उपे्रतीले नाडा प्रदेशहरुलाई कर, भन्सार र भिसिटियस सम्बन्धी प्रशिक्षण कायत्र्र mम र सीप विकास सम्बन्धी तालिम कार्यक्रमकोआयोजना गर्न आग्रह गर्दै त्यसका लागि नाडाले आवश्यक सहयोग गर्ने बताए ।
कार्यक्रममा नाडाकातर्फबाट संस्थागत सदस्य कलु वहादुर क्षेत्री, केन्दी्रय कार्य समिति सदस्य मेघराज पौडेल,केन्द्रीय कार्य समिति आमन्त्रित सदस्यद्धय नारायणप्रसाद पौडेल र सागर सापकोटाको उपस्थिति रहेको थियो ।
सो अन्तरक्रिया कार्यक्रम नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले गरेका थिए भने कार्यक्रमको समापन हेटौडा अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष ऋषिप्रसाद ढकालले गरेका थिए ।
त्यसैगरी हेटौडा अटोमोवाइल्स एशोसिएशनका निबर्तमान अध्यक्ष दामोदर अटल, बरिष्ठ उपाध्यक्ष धर्मराज धिमाल,उपाध्यक्ष जितेन्द्र तिवारी, महासचिव दिपेन्द्र कुमार उप्रेती, सचिव संञ्जयकुमार गुप्ता, कोषाध्यक्ष श्यामप्रसाद कँडेल,कार्य समिति सदस्यद्धय उत्तमप्रसाद भण्डारी,सजुन उप्रेती, देवनारायण टुलाल, मनुालराज न्यौपाने, प्रकाश भट्टराई,क्षेत्रिय संयाजे क दिपेश खडगीको उपस्थिति रहेको थियो ।
त्यसगैरी जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राहुल अग्रवाल समेतको उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रम सम्पन्न हुनुअघि हेटौडामा नाडाकोइतिहासमा पहिलो पटक नाडा इण्टर प्रोभिन्स लेभल फ्रेण्डली व्याडमिण्टन प्रतियोगिता समेत सम्पन्न गरिएको थियो ।
कूल ८ टिमविच डवल्स व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएकोमा चितवन अटोमोवाइल्स एशोसिएशनका पूर्व अध्यक्ष अमतृ जोशी र कार्य समिति सदस्य श्रीप्रसाद श्रेष्ठको जोडीले प्रतियोगिता जितेको थियो ।
यस किसिमका कार्यक्रमहरुले नाडा र नाडाका संस्थागत एशोसिएशनहरु विचको सम्बन्ध थप सदुृढ र प्रगाढ हुँदै जाने विश्वास नाडाले लिएको छ । यस किसिमका कार्यक्रम हरु विगतमा पनि गर्दै आएको नाडाले आगामी दिनहरुमा पनि गरिदै जाने बताएको छ ।