एमाले र माओवादीको केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको आइतबार सुरु केन्द्रीय कमिटीे बैठक आज पनि जारी रहने छ ।

सत्तारूढ एमालेको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् । पहिलो दिनको बैठकमा आइतबार २७ जना सदस्यले धारणा राखेका छन् ।

बैठकमा अध्यक्ष ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनले समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे ४७ पृष्ठ लामो प्रतिवेदन पेश गरेका हुन् ।

ओलीले पेश गरेको प्रतिवेदनमा विभिन्न दलबारे संस्थागत धारणा राखिएको छ । प्रतिवेदनमा अध्यक्ष ओली सत्ता साझेदार नेपाली कांग्रेससँग नरम देखिएका छन् भने प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसँग सबैभन्दा आक्रामक देखिएका छन् ।

हिजोबाट काठमाडौंको धुम्बाराहीस्थितमा सुरु भएको माओवादी केन्द्रको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु हुनेछ । बैठकको पहिलो दिन आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको सांगठनिक तथा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

उनले प्रतिवेदनमा बृहत् वामपन्थी एकतलाई प्राथामिकता दिने योजना ल्याएका छन् । प्रचण्डले आगामी फागुन १ गतेदेखि एक महिना तराई–मधेश जागरण अभियान चलाउने बताएका छन् । उनले हुलाकी राजमार्गलाई आधारित बनाएर अर्को एक महिने अभियान चलाउन प्रस्ताव पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *