असदको सत्ताच्युत भएपछि ४० हजार सिरियालीहरू टर्कीबाट स्वदेश फर्किए

काठमाडौं । डिसेम्बर ८, २०२४ मा सिरियाको बसर अल-असद प्रशासनको पतनपछि लगभग ४० हजार सिरियालीहरू टर्किएबाट आफ्नो मातृभूमि फर्किएका छन् ।

टर्कीका व्यापार मन्त्री ओमेर बोलातले टर्कीको दक्षिणपूर्वी हाते प्रान्तको सिल्भेगोजु बोर्डर गेटको निरीक्षण भ्रमणको क्रममा सो जानकारी दिएका हुन् ।

बोलातले गत वर्ष डिसेम्बर ९ देखि हातेको तीन सीमानाकाबाट २७ हजार ९४१ सिरियालीहरू घर फर्किएको बताए । टर्किएले सिरियासँग ९ सय किलोमिटर सीमाना साझा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *