भारतीय तटरक्षक गार्डको हेलिकप्टर गुजरातमा दुर्घटना हुँदा ३ जनाको मृत्यु
मकालु खबर
२०८१ पुस २२ गते
एजेन्सी । भारतको गुजरात राज्यमा भारतीय तटरक्षक गार्डको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार तीन जना (सबै) को मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोरबन्दर विमानस्थलमा नियमित प्रशिक्षणको क्रममा प्राविधिक समस्याका कारण एडभान्स लाइट हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टर दुर्घटनामा परेर आगो लागेपछि दुई पाइलटसहित चालक दलका तीन सदस्यलाई जलेको अवस्थामा तत्काल अस्पताल लगिएको थियो ।
दुर्घटनामा चालक दलका तीनै सदस्यले ज्यान गुमाएका छन् । दुर्घटना आइतबार दिउँसो १२ः१० बजे भएको थियो । भारतीय प्रहरी र कोस्ट गार्डका अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।
मकालु खबर
२०८१ पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित