कांग्रेस-एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्नेमात्रै बहस भयो : डा. मिनेन्द्र रिजाल
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले काँग्रेस र नेकपा एमालेको सरकार बनेपछि सत्तामा सहजै पुग्ने भन्नेबारेमा मात्रै बहस हुने गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अन्य राजनीतिक दलहरूमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी र सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने जस्ता विषयमा मात्रै बहस हुने गरेको उल्लेख गरे । पार्टीका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै उनले सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने कुराले अब व्यवस्थापिका नराख्ने भन्ने कुरालाई जोड दिएको उल्लेख गरे ।
उनले भने, ‘काँग्रेस र एमालेको सरकार बनेपछि काँग्रेस र एमालेको आजको बहस भोलि म सत्तामा मज्जाले कसरी पुग्नसक्छु भन्ने विषयमा मात्रै केन्द्रित रह्यो । अरु केही विषयमा केन्द्रित भएन । उदाहरणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी चाहियो भन्ने छ । किन हुनुप¥यो रु चाहे बाबुरामजीले भन्नुभएको होला, अथवा अरु कसैले भनेको होला । मेरै पार्टीको एक जना महामन्त्रीले भन्नुभएको छ । किन भन्नुभएको छ भन्दा सत्ता कसरी निर्माण हुनुप¥यो रु सत्ता चलेको चल्यै गर्नुप¥यो । मेरो पार्टीको महामन्त्रीले सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउनुपर्छ भन्नुभयो । बाबुरामजीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएपछि सबै चल्छ भन्नुभयो । त्यो भनेको मतलब अब व्यवस्थापिका नराख्ने भनेको हो रु अन्तर्निहित विषय त त्यो हो नि । व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य गर्ने भनेको हो ।’
नेता रिजालले थ्रेसहोल्ड बढाउनु भनेको नेपाली काँग्रेस र नेकपा एमाले बाहेकका अन्य राजनीतिक दलहरू नहोउन् भन्न खोजेको बताए । अर्को कसैले चुनाव हारेको दिन फेरि अर्को पटक जनतासँग गएर सत्ता बदल्नसक्छु भन्ने आत्मविश्वास भएमात्रै लोकतन्त्र बलियो हुने उनको भनाई छ ।